समाज


लागु औषधसहित ६ युवक पक्राउ

लागु औषधसहित ६ युवक पक्राउ

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १०:९, कञ्चनपुर

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ६ युवक पक्राउ परेका छन्। 

कञ्चनपुरको महेन्द्रनगरबाट लागुऔषधसहित तीन युवक पक्राउ परे। भीमदत्त नगरपालिका-४ महेन्द्रनगरस्थित होटल ओपेरा पछाडि खोपाछाप्राबाट तीन युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर,  कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खोका छाप्रामा बस्ने २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्र बहादुर सुनार र बेदकोट नगरपालिका–७ सुडाका २१ वर्षीय नबिन डगौँरा छन्। 

खोपा छाप्रामा चेकजाँच गर्दा घरभित्र जमिनमा खाल्डो खनी माटो मुनी कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा फेनारगन ३९ पिस, एम्पुल र रेक्सजेससिक ४२ पिस र लागु औषधमा प्रयोग गर्नको लागि प्रयोग हुने सिरिञ्ज ३ पिस बरामद गरिएको प्रहरीले जनाएको छ। 

कैलालीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१२ पट्रीघाटबाट लागुऔषध खैरो हेरोइनसहित उनीहरु पक्राउ परेका हुन।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ का २३ वर्षीय भजौरा राना र २४ वर्षीय प्रकाश रानालाई २४० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।

सु.प.प्र.०१-०१२ प ३७४ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा खैरो हेरोइन फेला परेको थियो।

यस्तै,  धनगढी उपमहानगरपालिका–१२ पट्रीघाटबाटै लागुऔषध खैरो हेरोइनसहित अर्का युवक पनि पक्राउ परे। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँका २८ वर्षय सुरेन्द्र राना छन्।

सु.प.प्र.०१-०१० प ९६८१ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा ५१० मिलिग्राम लागु औषध खैरो हेरोइन फेला परेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad