कारोबार


ट्रम्पको साथले इलोन मस्क बने मानव इतिहासकै धनी व्यक्ति

ट्रम्पको साथले इलोन मस्क बने मानव इतिहासकै धनी व्यक्ति

फाइल तस्बिर: इलोन मस्क


नेपालखबर
मंसिर ९, २०८१ आइतबार १०:१९, काठमाडौँ

टेस्लाका सीईओ इलोन मस्क विश्वकै मात्र होइन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। 

विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर उनी संसारमा अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन्। 

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनासाथ मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको सेयर मूल्य ह्वात्तै बढेको थियो।

मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत सेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो।

यही नोभेम्बर ५ मा भएको राष्ट्रपति चुनावका लागि मस्कले ट्रम्पलाई प्रचारप्रसार तथा आर्थिक सहयोगसमेत गरेका थिए। 

त्यसो त राष्ट्रपतिमा आफू विजयी हुनासाथ ट्रम्पले टेस्ला, एक्स र स्पेसएक्सका मालिक मस्कलाई अमेरिकाको सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखमा नियुक्त पनि गरिसकेका छन्। 

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयले मस्क र उनका कम्पनीमा लगानीकर्ताहरूको विश्वासलाई बलियो बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad