ad ad

समाज


बैतडीमा भीरबाट खस्यो ट्याक्टर, २ जनाको घटनास्थलमै मृत्यु

बैतडीमा भीरबाट खस्यो ट्याक्टर, २ जनाको घटनास्थलमै मृत्यु

नेपालखबर
चैत २३, २०८० शुक्रबार ९:२६, कञ्चनपुर

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–८ झौलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

बझाङ–खोड्पे सडकखण्डमा मोतिपुरदेखि खोड्पेतर्फ आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

ट्याक्टर सडकबाट करिक दुइ सय मिटर तल भीरमा खसेको छ। 

घटनास्थलमै ज्यान गुमाएका दुई पुरुषमध्ये एक जनाकाे सनाखत हुन सकेको छैन। प्रहरीका अनुसार सनाखत नभएका पुरुष ट्याक्टर चालक हुन्। साेही ट्याक्टरमा सवार राजेश चौधरीकाे पनि दुर्घटनामा मृत्यु भएको केसीले बताए।

दुर्घटनामा बारेमा शुक्रबार बिहान प्रहरीलाई खबर आएको थियो। 

अहिले इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक सरोज ठकुराठी नेतृत्वको प्रहरी टोली दुर्घटनाग्रस्त क्षेत्रमा पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .