समाज


कोरोना अपडेट : एकै दिन २ लाख ७६ हजारमा संक्रमण, ६३ सयको मृत्यु

कोरोना अपडेट : एकै दिन २ लाख ७६ हजारमा संक्रमण, ६३ सयको मृत्यु

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ४:१४,

पछिल्लो २४ घण्टामा विश्वभर पौने तीन लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

वर्ल्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७५ हजार नौ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा विश्वभर संक्रमणको कारण ६ हजार तीन सय नौ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६९ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ब्राजिलमा ५८ हजार भन्दा धेरै, भारतमा ४८ हजार चार सय ४६, दक्षिण अफ्रिकामा १३ हजार भन्दा धेरै, कोलम्बियामा झाण्डै आठ हजार, अर्जेन्टिना र मेक्सिकोमा ६/६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा एक हजार तीन सय १७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा एक हजार एक सय ५०, भारतमा सात सय ५५, मेक्सिकोमा सात सय ९०, कोलम्बियामा तीन सय १५ जनाले ज्यान गुमाएका छन्।

विश्वभर अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ५४ हजार ६ सय ४९ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ६ लाख ३६ हजार चार सय ७९ पुगेको छ।

पछिल्लो समय विश्वका धेरै देशले लकडाउन खुकुलो पार्दै लगेका छन्। जसको कारण विश्वभर नै कोरोना संक्रमण र  त्यसबाट हुने मृत्युदर पनि तीब्र रुपमा बढ्न थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad