समाज


पहिराेले पृथ्वी राजमार्ग र पालुङ-नौबीसे सडक पनि अवरुद्ध

पहिराेले पृथ्वी राजमार्ग र पालुङ-नौबीसे सडक पनि अवरुद्ध

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ४:२८,

पृथ्वी राजमार्ग र पालुङ - नौबीसे सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध भएका छन्।

पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दीपुरमा पहिरो खसेपछि दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ। राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो।

यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो। पहिरोले राजमार्गको सडक नै बगाएपछि बनाइएको वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फस्ने गरेका छन्।

सडकमा गाडी फस्दा राजमार्ग अवरुद्ध भएको बन्दीपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिए।

त्यहाँ सवारी सञ्चालनमा ल्याउन कम्तीमा पाँच छ घण्टा लाग्ने अनुमान प्रहरीले गरेको छ। तनहुँमा बिहीबार साँझदेखि अविरलरुपमा वर्षा भइरहेको छ। तर, अन्यत्र भने राजमार्ग अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। उनले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताए।

यसैबचि त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड शुक्रबार बिहानदेखि पहिरोले अवरुद्ध भएको छ। यो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा शुक्रबार विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन बीचबाटोमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालन हुँदै आएका थिए।

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ। रासस

याे पनि पहिरोले मुल्लिन-नारायणगढ सडक पुनः अवरुद्ध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad