कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको सोमबार मृत्यु भएको छ। उनको परिक्षणको रिपोर्ट आइपुगेको छैन।
अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले सो अस्पतालमा कोरोनाको आशंकामा तीनजनालाई आइसोलेसनमा राखिएको मात्र बताए।
३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते आएका थिए। उनकाे आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले बतायो।
धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ।
उनका पिताका अनुसार ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याइएको थियो। उनलाई आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो।
१६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि कार्यरत् उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो।
प्रतिक्रिया