समाज


काठमाडौंको तापक्रम आज केही बढ्यो

काठमाडौंको तापक्रम आज केही बढ्यो

नेपालखबर
पुस १३, २०७६ आइतबार १:२३,

हिजो (शनिबार)को तुलनामा आज (आइतबार) काठमाडौं उपत्यकाको तापक्रम केही बढेको छ।

मौसम पूर्वाुनमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज हिजोको तुलनामा उपत्यकाको न्यूनतम तापक्रम ०.४ डिग्री बढेको हो।

हिजो काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस थियो भने आज थोरै बढेर १ डिग्रीमा उक्लिएको हो। यो अघि बिहान साढे ६ बजे गरिएको मापन हो।

‘यो एकदमै थोरै मात्रा हो, यस्तो घटबढ सामान्य हो,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पुनः पौने ९ बजे मापन गरिनेछ। अन्तर्राष्ट्रिय समयअनुसार यही समयको मापनलाई आजको वास्तविक न्यूनतम तापक्रम मानिन्छ। ‘८ः४५ मा मापन गर्दा केही प्वइन्ट तलमाथि पर्न सक्छ,’ मौसमविद् श्रेष्ठले भने।

याे पनि : काठमाडौंमा आज यस वर्षकै चिसो

उनका अनुसार अहिले देशका सबैजसो तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। जसले जनजीवन कष्टकर बनाइरहेको छ।

यस्तै पोखरादेखि पूर्व तथा काठमाडौं उपत्यकामा पनि अहिले बिहान हुस्सु/कुहिरो लागेको छ। तर यो घाम लागेसँगै हटेर जाने मौसमविद् श्रेष्ठले बताए।

अहिले पहाडी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्। काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा आज घाम लाग्ने मौसमविद्को अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad