बाँके र बर्दियालाई प्रदेश ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु भएको छ।
प्रदेश ५ को अस्थायी राजधानी तोक्न अन्यौल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न यी दुई जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाज लगायतले यस्तो कसरत सुरु गरेका खबर आजको नागरिक दैनिकमा नेपालगञ्जबाट अर्जुन ओलीले लेखेका छन्।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न संघीय समाजवादी पार्टी र राजपाबाहेक सबै दल एकमत देखिएका छन्।
प्रदेश ५ को अस्थायी राजधानी बुटवल हुँदा बाँके र बर्दिया हरेक हिसावले पछि परेको, स्थायी राजधानी पनि दाङभन्दा पूर्व तोकिए बाँके र बर्दियाबासीलाई अपायक पर्ने भएकाले यस्तो अवस्थामा प्रदेश ५ मा रहनुको औचित्य नरहने निष्कर्ष निकालिएको छ।
‘नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवलशमशेर राणाले भने, ‘प्रदेश ५ मा राखेर बाँके र बर्दियालाई हरेक कुराबाट बञ्चित गरियो, अब हामी प्रदेश ५ मा रहँदैनौँ, कर्णाली प्रदेशमा गाभिन्छौँ।’

प्रतिक्रिया