कला


अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग हस्तान्तरण

अभिनेत्री बसुन्धरा भुसालद्वारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग हस्तान्तरण

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १६:१९,

अभिनेत्री बसुन्धरा भुसालले चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग रकम हस्तान्तरण गरेकी छन्।

चलचित्र विकास बोर्ड अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत रहेकी भुसालले स्वपहलमा संकलन गरेको तीन लाख २० हजार रुपैयाँ कोषमा जम्मा गरेकी हुन्।

बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई सो रकम हस्तान्तरण गरिन्।

कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधि उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपर्यन्त काजकिरियामा सहयोग गर्ने लगायतका सेवा गर्दै आएको छ।

सोही कोषका लागि अभिनेत्री भुसालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी हुन्।

स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफूलाई व्यस्त बनाउने गरेकी छन्।

हाल कोषमा चार करोड बढी रकम जम्मा भएको छ। यसमा सबैभन्दा बढी भुसालकै देन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad