भारतीय जनता पार्टी (बीजेपी) का लागि आइतबार ‘कालो दिन’ साबित भएको छ। यसको सुरुवात बिहान साढे ९ बजे भयो। जतिबेला उत्तर प्रदेशकी शिक्षामन्त्री कमल रानी वरुणको निधन भयो। कोरोना संक्रमणभएपछि उपचारका लागि उनलाई गत जुलाई १८ तारिख एसजीपीजीआईमा भर्ना गरिएको थियो। तर उनलाई बचाउन सकिएन।
त्यही दिन अपराह्न पौने ५ बजे भारतका गृहमन्त्री अमित शाहले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। गृहमन्त्री शाहले ट्विट गर्दै भने, ‘मेरो रिपोर्ट पोजिटिभ आयो। मेरो स्वास्थ्य ठीक छ तर डाक्टरको सल्लाहमा अस्पताल भर्ना भएको छु। जो व्यक्ति पछिल्लो केही दिनमा मेरो सम्पर्कमा आउनुभएको छ, उहाँहरूले कृपया कोरोना परीक्षण गराउनुहोस्।’
त्यसको १ घण्टा नबित्दै बीजेपीका उत्तर प्रदेश प्रमुख स्वतन्त्रदेव सिंहले पनि ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए। लगत्तै उत्तर प्रदेशका जल शक्तिमन्त्री महेन्द्र सिंह पनि कोरोना संक्रमित भएको खबर आयो।
फेरि राती साढे ११ बजे कर्नाटकमा भाजपा सरकारका मुख्यमन्त्री बीएस येदियुरप्पाले ट्विट गर्दै आफू पनि कोरोनाबाट संक्रमित भएको जानकारी दिए। येदियुरप्पाले आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्न र क्वारेन्टिनमा रहन आग्रह गरेका छन्।
तमिलनाडुका राज्यपाल बनवारीलाल पुरोहित पनि आइतबार कोरोनाद्वारा संक्रमित भएका छन्। उनलाई चेन्चेको कावेरी अस्पताल भर्ना गरिएको छ।
अघिल्लो महिना उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंह कोरोनाबाट संक्रमित पुष्टि भएका थिए। यसबाहेक योगी आदित्यनाथ मन्त्रिमण्डलका मन्त्री चेतन चौहान, राजेन्द्र प्रताप सिंह र धरम सिंह सैनीलाई पनि कोरोना संक्रमण भइससकेको छ।
I have tested positive for coronavirus. Whilst I am fine, I am being hospitalised as a precaution on the recommendation of doctors. I request those who have come in contact with me recently to be observant and exercise self quarantine.
— B.S. Yediyurappa (@BSYBJP) August 2, 2020बीबीसी हिन्दी
प्रतिक्रिया