वैदेशिक रोजगारीमा इजरायल जान नपाएका युवाले मंगलबार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
इजरायल जान योग्य भए पनि गोलाप्रथाबाट छनोट गर्दा नपरेका युवाले प्रदर्शन गरेका हुन्। दुई वर्षदेखि पर्खिँदा पनि पालो नआएको भन्दै उनीहरूले गुनासो गरेका छन्। अब इजरायल पठाउँदा पुरानाका लागि छुट्टै कोटाको व्यवस्था गर्न उनीहरूले माग गरेका छन्।
अर्कातिर सरकार र सम्बन्धित निकायको गैरजिम्मेवारपूर्ण कार्यशैलीका कारण पनि आन्दोलनमा उत्रिनु परेको उनीहरूले जनाएका छन्। उनीहरू तत्काल आफ्नो माग पूरा गर्न आग्रह गरेका छन्।











30
Shares

प्रतिक्रिया