सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोधमा रुपन्देहीका सुकुम्वासीले बुटवलमा प्रदर्शन गरेका छन्।
सरकारले काठमाडौँ लगायतका देशका विभिन्न भागका सुमुम्वासी बस्तीमा डोजर चलाएको थियो। सरकारी डोजर नीतिले सुकुम्वासीको उठिबास लगाएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
उनीहरूले ‘हाम्रो मत वैध, हामी कसरी अवैध’, ‘बालेन तिम्रो पाराले, दुःख पायो साराले’, ‘बालेन सरकार राजिनामा दे’, ‘आउने चुनावमा बालेनलाई मत दिन्नौ’ लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
सुकुम्वासी, भूमिहिन तथा अव्यवस्थित बसोबासीले संयुक्त रुपमा प्रदर्शन गरेका छन्। विरोध र्याली बुटवलको राजमार्ग चौराहबाट ट्राफिक चोक पुगेर कोण सभामा परिणत भएको थियो।








90
Shares

प्रतिक्रिया