बागमती


तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग पुनः बन्द

तीन दिनपछि सञ्चालनमा आएको बीपी राजमार्ग पुनः बन्द

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार १५:२४, हेटौँडा

तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालन भएको केही घण्टामा पुनः बन्द भएको छ।

अविरल वर्षापछि आएको बाढीका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्ग केही घण्टा सञ्चालनमा आएपछि पुनः बन्द गरिएको हो।

रोशी खोलामा पानीको बहाव बढ्दै गएपछि सुरक्षाको दृष्टिले बिहीबार (आज) बिहान १० बजेदेखि राजमार्गमा सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यसअघि अस्थायी डाइभर्सन निर्माण गरेर बिहानैदेखि साना तथा ठूला सवारीसाधन सञ्चालनमा ल्याइएको थियो ।

गत सोमबारदेखि परेको लगातार वर्षाले रोशी खोलामा बाढी आएपछि काभ्रे–सिन्धुली खण्डको विभिन्न स्थानमा सडक तथा डाइभर्सन बगाएको थियो। बाढीका कारण तीन दिनदेखि अवरुद्ध बनेको राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र सुरक्षा निकायले मर्मत तथा डाइभर्सन निर्माणको काम गरिरहेका छन्। 

प्रहरीका अनुसार खोलामा पानीको सतह घटेपछि मात्रै पुनः सवारी सञ्चालन गर्नेबारे निर्णय गरिनेछ। जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ। 

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने मुख्य सडकका रूपमा रहेको बीपी राजमार्ग वर्षायाम सुरु भएसँगै पटक–पटक प्रभावित हुँदै आएको छ। गत वर्षको बाढीले समेत यस राजमार्गको विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad