काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारबाट थप २० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्।
सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटर छाड्नुपर्ने फैसला गरेको थियो। फैसलापछि काठमाडौँ महानगरले सूचना जारी गरेको थियो।
त्यसविरुद्ध गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समितिको अगुवाइमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन्। मापदण्डका नाममा स्थानीय बासिन्दालाई हटाउन नहुने उनीहरूको माग छ।
यो मापदण्डले खोला किनारका वर्षौंदेखि बसोबार गरिरहेका स्थानीय बासिन्दाको उठिबास लाग्ने उनीहरूको भनाइ छ। यसबाट हजारौँ स्थानीय बासिन्दा पीडित हुने संघर्ष समितिले जनाएको छ।








66
Shares

प्रतिक्रिया