काठमाडौँको मखन गल्लीमा रहेका आज बिहान दुई घरमा आगलागी हुँदा ज्यान गुमाउने महिलाको सनाखत भएको छ।
आगलागीमा परेर मृत्यु हुने महिला काभ्रे घर भएकी ८० वर्षीया कृष्णा अधिकारी रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
काठमाडौँ महानगर पालिका वडा नम्बर-२४ मखन गल्लि सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी झण्डै दुई घण्टाको प्रयासपछि नियन्त्रणमा आएको प्रहरी परिसर काठमाडौँका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।
दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर सुरु भएको आगलागी नजिकैको रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमासमेत आगो सल्किएको हो।
६ वटा बारुणयन्त्रसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सक्रियतामा आगलागी नियन्त्रणमा आएको हो। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन।
हेर्नुहोस् थप तस्बिर













प्रतिक्रिया