फोटो पत्रकार (पीजे) क्लबले फोटो पत्रकारलाई सुरक्षा तथा जोखिम व्यवस्थापनसम्वन्धी तालिम दिएको छ।
शनिबार काठमाडौँको सिनामंगलस्थित पत्रकार महासंघको सभाहलमा आयोजित तालिममा इरानी प्रशिक्षक डा. बेहरु मोगद्दसीले प्रशिक्षण दिएका थिए। उनले फोटो पत्रकारले राजनीतिक आन्दोलन, प्राकृतिक प्रकोप, महामारी, द्वन्द्वग्रस्त अवस्था, प्रदर्शन, तथा संवेदनशील सामाजिक घटनाको प्रत्यक्ष र उच्च जोखिमपूर्ण परिस्थितिमा अग्र भागमा रहेर काम गर्दा अपनाउनु पर्ने आवस्यक सुरक्षासम्बन्धी जानकारी दिएका थिए।
वरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीले फिल्ड रिपोर्टिङका क्रममा अपनाउनु पर्ने सुरक्षामापदण्ड र आपतकालीन अवस्था (प्रदर्शन, द्वन्द्व, प्राकृतिक प्रकोप) मा फोटो पत्रकारले अपनाउनु पर्ने सचेतता, जोखिम मूल्यांकन र व्यक्तिगत सुरक्षा योजनाका विषयमा प्रशिक्षण दिएका थिए।
त्यस्तै, फोटो पत्रकार विकास कार्कीले प्रदर्शन, द्वन्द्व र संवेदनशील घटना कभर गर्दा अपनाउनुपर्ने सावधानी, सुरक्षात्मक उपकरण, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापनमा फोटो पत्रकारले गर्नु पर्ने कार्यबारेमा जानकारी दिएका थिए।
सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजित तालिममा विभिन्न संचारमाध्यममा कार्यरत ३० जना फोटो पत्रकारको सहभागी थिए।
Shares

प्रतिक्रिया