ad ad

समाज


महाशिवरात्रिलाई झिलिमिली बनाइँदै पशुपति (तस्बिरहरु)

महाशिवरात्रिलाई झिलिमिली बनाइँदै पशुपति (तस्बिरहरु)

बिहीबार साँझ बत्तीले सजिएको पशुपतिनाथ परिसर। तस्बिर : समृद्धा केसी/नेपालखबर


समृद्धा केसी
फागुन ४, २०७९ बिहिबार २३:०, काठमाडौँ

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रीको तयारी अन्तिम चरणमा पुगेको छ। शनिबार पर्ने महाशिवरात्रीका लागि नेपालका विभिन्न स्थानसहित भारतबाट बाबाहरु आउने क्रम जारी छ।

आएका बाबाहरुलाई पशुपति क्षेत्रका विभिन्न स्थानमा राख्न थालिएको छ। बिहीबार साँझ पशुपतिनाथ क्षेत्र पुग्दा बत्ती र फूल सजाएर झकिझकाऊ बनाएको देख्न सकिन्थ्यो। 

महाशिवरात्री आउन २ दिन मात्रै बाँकी हुँदा पशुपतिनाथ परिसरमा चलहलपहल बाक्लिएको छ। पशुपति क्षेत्र विकास कोषले यस वर्ष पनि शिवरात्री पूजा मूल आयोजक समिति गठन गरी शिवरात्री मनाउन लागेको छ। 

पशुपति नाथको दर्शनका लागि आउने धर्मावलम्बी र पर्यटकलाई असुविधा हुन नदिन समिति र उपसमिति बनाएर काम गरिएको छ। 

समितिले सुरक्षा, स्वास्थ्य, भोजन, आवास लगायतका निशुल्क जुत्ता-चप्पल कक्ष र स्वास्थ्य शिविर पनि तयार गरिसकेको छ। 

भगवान शिवको आराधनाका लागि विशेष मानिने यो पर्वको लागि नेपालसहित भारतबाट समेत धेरै साधु र भक्तजहरु आउँछन्। हरेक वर्ष शिवरात्रिका लागि हजारौँ साधु यहाँ जम्मा हुन्छन्। उनीहरुलाई दक्षिणा पनि दिएर बिदा गर्ने चलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .