सर्लाहीमा एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ।
गोडैता नगरपालिका ६ बग्दह चिनीमिल नजिक हुलाकी सडक खण्डमा फेला परेको करिब ४० वर्षीय पुरुषको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सडेगलेको अवस्था फेला परेको शवको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ।
शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
219
Shares

प्रतिक्रिया