समाज


ट्याक्टरले ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा १० वर्षीया बालिकाको मृत्यु

नेपालखबर
माघ ३, २०८२ शनिबार १४:४०, सर्लाही

सर्लाहीको हरकठ्वामा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

गएराति धनकौल गाउँपालिका-५ हरकठवा गोठमा ना.४. त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतोको मृत्यु भएको हो। 

सडकमा पैदल हिँडिरहँदा हरकठ्वाबाट सिसौटतर्फ जाँदै गरेको ट्रयाक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। 

गम्भीर घाइते उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

बालिकालाई ठक्कर दिँने ट्रयाक्टरका चालक ३३ वर्षीय रामबिन सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

बालिकाको शव हाल प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad