सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा भाइले दाइलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन्।
स्थानीय नरेन्द्र झाले घरायसी विवादका क्रममा आफ्नै दाजु लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गरेका हुन्। बञ्चरो प्रहारबाट लोकेन्द्रको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।
चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
438
Shares

प्रतिक्रिया