समाज


सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते

तीव्र गतिको कारण बस पल्टिएपछि चालक भागे
सर्लाहीको बाँके जंगलमा बस दुर्घटना, १९ जना घाइते

नेपालखबर
साउन २४, २०८२ शनिबार ६:१३, सर्लाही

पूर्वपश्चिम राजमार्गमा पर्ने सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएको छ। 

शुक्रबार साँझ पौने ६ बजेतिर ईश्वपुर नगरपालिका- ४ स्थित दोस्रो लच्का नजिकै जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा तर्फ आउँदै गरेको ग १ ख ९४९४ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

घाइतेहरुको सर्लाही, महोत्तरी र धनुषाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

तिव्र गतिको कारण बस पल्टिएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बाँके जंगलमा भत्किएको लच्का नजिकै बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए।

घाइतेलाई पूर्वपश्चिम राजमार्गमा यात्रा गरिरहेका यात्रु र प्रहरी भएर उद्धार गरेका थिए। बस सडकबाट एक बल्ड्याङ मात्रै पल्टिएकाले ठूलो क्षति नभएको प्रहरीले जनाएको छ। 

मोडल अस्पताल लालबन्दीमा उपचार भइरहेको घाइतेहरु
१. धनुषाको हंशपुर नगरपालिका २ बस्ने वर्ष २८ को उदित साह। शरीरमा भित्री चोट। अवस्था सामान्य।

२. सर्लाहीको कबिलासी नपा ८ बस्ने वर्ष ६८ को राम पुकार मुखिया। बायाँ हात र खुट्टामा चोट। अवस्था सामान्य

३. सोही ठाउँका दिनेश महतोकी श्रीमती वर्ष २५ की सुमित्रा देवी महतो। टाउको र छातीमा भित्री चोट। अवस्था सामान्य।

४. महोत्तरीको बर्दिबास नपा ७ बस्ने धर्मदेव महतोकी श्रीमती वर्ष ३९ की कमला कुमारी महतो। दुबै खुट्टामा भित्री चोट अवस्था सामान्य।

५. उनका  छोरा वर्ष १४ को आशिष कुमार महतोको दाहिने हातमा चोट। अवस्था सामान्य।

६. धनुषाको क्षिरेश्वरनाथ नपा ५ बस्ने सुशान्त साहकी श्रीमती वर्ष २७ की चन्दा देवी साहको शरीरको बिभिन्न भागमा चोट। अवस्था सामान्य।

७. सर्लाहीको मलंगवा नपा १२ बस्ने रघुनाथ महतोकी श्रीमती वर्ष ४५ की जतारन महतोको  शरीरको बिभिन्न भागमा चोट। अवस्था सामान्य।

८. सोही ठाउँका हरी महतोको श्रीमती वर्ष ६५ की सखिया महतोको शरीरमा भित्री चोट अवस्था सामान्य।

९. धनुषाको सबैला नपा २ बस्ने वर्ष ३८ का हरी शंकर साहको बायाँ हातमा चोट अवस्था सामान्य।

१०. सर्लाही लालबन्दी नपा ५  बस्ने वर्ष २४ की रेनुका गौतमको ढाडमा चोट अवस्था सामान्य।

११. सर्लाहीको कबिलासी नपा ३ बस्ने वर्ष २३ की मुनिका कुमारी शर्माको ढाडमा भित्री चोट अवस्था सामान्य।

१२. सोही ठाउँका वर्ष २४ को धिरज कुमार ठाकुरको बायाँ हातमा चोट अवस्था सामान्य रहेको।

१३. सर्लाहीको हरीपुर नपा ७ बस्ने जगदिश सिंहकी श्रीमती वर्ष ३० की बिर्जना सिंहको अनुहारमा चोट अवस्था सामान्य।

१४. धनुषाको मिथिला नपा १ बस्ने श्रवण कुमार महतोकी श्रीमती वर्ष ३५ की मन्जु कुमारी महतोको घाटीमा चोट अवस्था सामान्य।

१५. उनका छोरा वर्ष १० को आशिष कुमार महतोको छाती, कम्मरमा चोट अवस्था सामान्य।

१६. उनकै कै छोरा वर्ष ५ को शुसन कुमार महतोको छातिमा भित्री चोट अवस्था सामान्य रहेको।

लाइफलाइन हेल्थ केयर नवलपुरमा उपचार भइरहेका घाइते
१७. सर्लाहीको हरीपुर नपा ९ बस्ने ओमप्रसाद चौधरीकी श्रीमती वर्ष ४५ की रीता चौधरीको बायाँ हात र कम्मरमा चोट अवस्था सामान्य।

शुभस्वतिक अस्पताल बर्दिबासमा उपचाररत घाइते
१८. महोत्तरीको बर्दिबास नपा १ बस्ने सूर्यप्रसाद पोख्रेलको छोरी वर्ष ४ की श्रीषा पोख्रेलको कम्मरमा चोट अवस्था सामान्य रहेको। 

रिया पोलिक्लिनिक गोदार धनुषामा उपचाररत घाइते
१९. बसका सह चालक धनुषाको धनुषाधाम नपा ८ बस्ने वर्ष ४० को विजय यादवको ढाडमा चोट अवस्था सामान्य रहेको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad