समाज


बसले सिटी सफारीलाई ठक्कर दिँदा ६१ वर्षीय पुरुषको मृत्यु, चालक घाइते

बसले सिटी सफारीलाई ठक्कर दिँदा ६१ वर्षीय पुरुषको मृत्यु, चालक घाइते

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १४:१७, माेरङ

मोरङमामा बसले सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। 

सुन्दरहरैचा नगरपालिका-७ बेलगाछी चोकमा मे.१ ख २७९६ नम्बरको बसले प्र.१-०२-००४ ह ४२२४ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा काठमाडौँ कागेश्वरी नगरपालिका-९ घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-४ बस्ने ६१ वर्षीय तुलसी प्रसाद गुरागाईँ छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका सिटी सफारी चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad