सर्लाहीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका-१ लच्कामा लालबन्दीबाट नवलपुर तर्फ आउँदै गरेको को १ ख ५९३८ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा सर्लाहीकै हरिवन नगरपालिका- ४ घर भएका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिपरित दिशा बाट जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकलमा सवार स्याङतान ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय नवलपुरका सई भरत साहले जानकारी दिए।
दुर्घटनापछि प्रहरीले ट्यांकर चालक सुनसरीको रामधुनी नगरपालिका-९ घर भएका ३२ वर्षीय अरबिन्द महतोलाई पक्राउ गरेको छ।
घाइते स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
Shares

प्रतिक्रिया