सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्।
बुधबार राति ईश्वरपुर नगरपालिका- १४ मा ग. ७ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा सोही ठाउँका युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा १९ वर्षीय बिष्णुकुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि सवार अर्का एक जनाको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
354
Shares

प्रतिक्रिया