समाज


भारतबाट सात बालकको उद्धार

भारतबाट सात बालकको उद्धार

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८२ आइतबार ७:५३, जनकपुरधाम

भारतबाट सातजना बालकको उद्धार गरिएको छ। उनीहरुको उद्धार गरी परिवारको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ। 

जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको हो। 

तीन महिना अघि भारतको  चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो। 

उनीहरुलाई कानुनी प्रक्रिया पूरा गरेर उद्धार गरी शुक्रबार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिए।

भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका तीन तथा महोत्तरीका चार रहेका छन्। उनीहरु कामको खोजीका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निकिता मिश्रले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad