कला


‘क्यापिटल क्विन नेपाल’को उपाधि जोरपाटीकी करुणालाई

‘क्यापिटल क्विन नेपाल’को उपाधि जोरपाटीकी करुणालाई

नेपालखबर
असार २२, २०८२ आइतबार ८:७, काठमाडौँ

राजधानी (काठमाडौँ) निवासी महिलाहरूको सौन्दर्य प्रतियोगिता क्यापिटल क्विन नेपाल-२०२५ को उपाधि जोरपाटीकी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठले जितेकी छन्। 

शनिबार ललितपुरस्थित ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न प्रतियोगितमा विजयी भएसँगै करुणाले फेसन एन्ड इन्टरटेन्मेन्ट इन्टरनेसनल अवार्ड-२०२६ का लागि लन्डनमा हुने कार्यक्रमको इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्।

त्यसैगरी फस्ट रनरअपमा अनिता लामा तथा सीता राई सेकेन्ड अनरअप भएका छन्। हिमालय मुजिजद्वारा आयोजित यो प्रतियोगिता नवौँ संस्करण हो। 

प्रतियोगितामा विविध पेसमा आबद्ध दर्जनभन्दा बढी राजधानीवासी महिला सहभागी भएका थिए। 

जसमा प्रतियोगीहरूले करिब तीन सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेजको प्रस्तुति, क्याटवाक, क्षमता अभिवृद्धि, फोटोसुट,  भिडिओसुटलगायत विषयमा तालिम लिएका थिए।

ग्रुमिङ गराउने जिम्मेवारी पाएकी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले नै प्रतियोगीहरूलाई ओपनिङ पर्फमेन्सका रूपमा आकर्षक नृत्यमा प्रस्तुत गराएकी थिइन्।

प्रतियोगितामा परिचयात्मक चरण, बेस्ट ड्रेस, प्रश्नोत्तर चरण हुँदै प्रतियोगीहरू क्राउनिङ चरणमा पुगेका थिए। फेसन डिजाइनर तथा सौन्दर्यकर्मीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रम निकै ग्लामरस देखिन्थ्यो। 

कोरियोग्राफर हिमानी सुब्बाको सोलो पर्फमेन्स, कलाकारहरूको आकर्षक नृत्य प्रस्तुति रहेको कार्यक्रममा विविध सबटाइटल अवार्डसमेत वितरण गरिएको थियो।

जसमा बेस्ट ट्यालेन्ट रन्जना सिंह, बेस्ट पर्सनालिटी माया तामाङ, बेस्ट फोटोजेनिक करुणा भुजेल श्रेष्ठ, बेस्ट ड्रेस करूणा भुजेल श्रेष्ठ, मोस्ट डाइनामिक मन्दिरा श्रेष्ठ, मोस्ट स्मार्ट अनिता लामा, मोस्ट डिलिजेन्ट सीता राई, मोस्ट डिलाइटफुल मीना श्रेष्ठ, मोस्ट डिसेन्ट दिना राई, मोस्ट एयाक्टिभ अञ्जना राई, मोस्ट चार्मिङ सन्चिता खत्री, मोस्ट प्यासोनेट सजिना तामाङ, मोस्ट डेडिकेटेड गीता राजवंशी, मोस्ट ग्रेसफुल सीताश्री बस्नेत, मोस्ट पपुलर सीताश्री बस्नेत, पब्लिक च्वाइस भिडिओ सञ्चिता खत्री र बेस्ट मल्टिमिडियातर्फ रञ्जना सिंहले हात पारे।

निर्णायक मण्डलतर्फ अभिनेत्री तथा मोडल सुष्मा अधिकारी, फेसन डिजाइनर सुक्निता चौलागाईं, मिस्टर ह्यान्डसम नेपाल-२०१९ तथा मोडल अभिषेक खड्का, क्यापिटल क्विन नेपाल २०१६ लिला राई तथा मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी थिए। 

महिलाहरूको क्षमता प्रस्फुटन गराई उनीहरूको पहिचान बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad