पर्सामा श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका हुन्। शनिबार राति श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए।
लामो समय बाहिर काम गरेर घर फर्किँदा राम्रो व्यवहार नगरेको भन्दै मियाँले श्रीमतीको हत्या गरेको देखिएको उनले बताए। यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। रासस
633
Shares

प्रतिक्रिया