समाज


गुडिरहेको ट्याक्टरको अगाडिको भाग उचालिँदा चालकको मृत्यु

गुडिरहेको ट्याक्टरको अगाडिको भाग उचालिँदा चालकको मृत्यु

नेपालखबर
असार १, २०८२ आइतबार १२:२१, राैतहट

रौटहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

शनिबार साँझ वृन्दावन नगरपालिका- ७ हुसेनीचोक र आकरपाथरको बीचमा पर्ने भित्री सडकमा गिट्टी लोड गरेको ना ४ त २०६८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। 

दुर्घटनामा परेर ट्याक्टर चालक वृन्दावन- ७ का २४ वर्षीय नजामोदिन मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

गिट्टी लोड भएको ट्याक्टर खेतबाट सडकमा निकाल्ने क्रममा अगाडिको भाग अचानक उठ्दा स्टेरिङमा  च्यापिएर उनको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनका उपचारको क्रममा चन्द्रपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad