प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ।
आजै केहीबेरअघि सभामुख देवराज घिमिरेसँग कार्यबाहक सभापति डोलप्रसाद अर्यालले छलफल गरेका थिए। उक्त छलफलपछि अर्यालले पार्टीका सांसदहरूसँग छलफल गरेका हुन्।
छलफल संसद् भवनमै जारी छ।
'सभामुखसँगको छलफलपछि हामी आन्तरिक छलफलमा छौँ' उनले नेपालखबरसँग भने।
सभामुख देवराज घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले प्रतिनिधिसभा बैठक केही ढिला गरी सुरु हुने जानकारी दिए।
'रास्वपाकाे बैठक चलिरहेको र केही समय पर्खन भनेकाले हाउस सुरु हुन ढिला भइरहेको हो' उनले भने।
285
Shares

प्रतिक्रिया