समाज


धनुषामा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते

धनुषामा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते

नेपालखबर
चैत १, २०८१ शुक्रबार १०:५७, काठमाडौँ

धनुषाको धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते भएका छन् । 

जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना.५ ख १४४१ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिकाको मालटोल भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

घाइतेमध्ये कतिपयलाई बढी चोट लागेको छ। सबै सबै घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ। 

घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad