समाज


होटलमा लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ

होटलमा लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ

नेपालखबर
फागुन २९, २०८१ बिहिबार ७:४५, सिराहा

सिरहाको गोलबजारबाट प्रहरीले लागुऔषध काराेबार गरेकाे आराेपमा एक युवती र एक किशोरलाई पक्राउ गरेको छ। 

लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा होटल सञ्चालक युवती र अर्का एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका २ बनिनिया निवासी इसराफिल राइनकी ३० वर्षीया श्रीमती नगिरा खातुन र सिराहाकै गोलबजार नगरपालिका ७ चोहर्बा घर भएका १८ वर्षीय राजन जयसवाल छन्। 

खातुनले गोलबजार नगरपालिका–४ मा सञ्चालन गरेको ‘हाइवे होटल’ बाट  उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए। 

शंका लागेर खानतलासी गर्दा होटलबाट ठूलो परिमाणमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। 

होटलमा छापा मार्दा बेसिनमा लुकाइराखिएको अवस्थामा पहेँलो प्लास्टिकमा पोका पारेर राखिएको १७ वटा कालो प्लास्टिकको पोकामा खैरो हिरोइन फेला परेको पासवानले जानकारी दिए ।

बरामद खैरो हेरोइनको औषधको तौल प्लास्टिकसहित १ ग्राम ७३० ग्राम रहेको छ। सोही होटलबो बाहिरबाट पक्राउ परेका १८ वर्षीय राजन जयसवालको साथबाट १५० मिलिग्राम तौल भएको खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको डिएसपी पासवानले बताए। 

उनीहरुलाई प्रहरीले सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad