काठमाडौँ उपत्यकाका २ स्थानमा गएराति मध्यमसम्म वर्षा भएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँका साँखुमा १५.५ मिलिमिटर र धापड्याम भन्ने स्थानमा १४.२ मिलिमिटर वर्षा भएको हो।
‘यो पछिल्लो १२ घण्टाको रेकर्ड हो’, उनले बिहीबार बिहान ७:४२ बजे नेपालखबरसँग भने, ‘१० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ।’
उक्त दुई स्थानबाहेक काठमाडौँ उपत्यकाका अन्य स्थानमा भने हल्का वर्षा भएको उनले बताए।
उनका अनुसार उपत्यकाका सबै ठाउँमा नभई केही स्थानमा मात्र पानी परेको हो।
आज पनि काठमाडौँ उपत्यकामा हल्का र छिटपुट खालको वर्षाको सम्भावना रहेको मौसमविद् दाहालले जानकारी दिए।
यसैबीच आज बिहान ५:४५ बजेको रेकर्डअनुसार उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस देखिएको जानकारी पनि उनले दिए।
यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम भने अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला अझ केही घट्ने सम्भावना हुन्छ भने अहिलेकै जत्ति रहन पनि सक्छ।
बुधबार भने उपत्यकाको न्यूनतम तापक्रम १२.६ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस थियो।
आज उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसम्म हुने अनुमान गरिएको मौसमविद् दाहालले बताए।
Shares

प्रतिक्रिया