समाज


खसीको ‘अण्डकोष’सिलाएर बाख्राको मासु बेच्ने पक्राउ

पसलमा फेला पर्‍यो १५ किलो बाख्राको मासु
खसीको ‘अण्डकोष’सिलाएर बाख्राको मासु बेच्ने पक्राउ

नेपालखबर
माघ ३०, २०८१ बुधबार ११:३१, वीरगन्ज

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १३ निवासी ४१ वर्षीय हारुन मिँया अन्सारी छन्।

जिप्रका पर्साका डीएसपी किशोर लम्सालका अनुसार अन्सारीले वीरगन्जस्थित  प्रतिमा चोकमा आसमिन फ्रेस हाउस सञ्चालन गर्दै आएका छन्। 

उनले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्दै आएको सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको थियो। वडा प्रहरी कार्यालय श्रीपूरबाट खटिएको प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको लम्सालले बताए। 

‘फ्रेस हाउसमा खानतलासी गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर मासु बेचिरहेको फेला परेपछि उनलाई पक्राउ गरिएको हो,’ उनले भने, ‘खसीको अण्डकोष टाँसिएको अवस्थामा हामीले १५ केजी बाख्राको मासुसमेत बरामद गरेका छौँ।’

पक्राउ परेकामाथि कालोबजारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप गरेर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad