समाज


बारामा ट्यांकर र पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते

बारामा ट्यांकर र पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते

नेपालखबर
माघ १४, २०८१ सोमबार ५:४०, काठमाडौँ

बारामा भएका सवारी दुर्घटनामा एक युवक र एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा एक बालिका र एक युवक घाइते भएका छन्। 

आइतबार बाराको आदर्शकोतवाल र कलैयामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु र दुईजना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

बाराका डीएसपी प्रकाश सापकोटाका अनुसार आइतबार साँझ कलैया उपमहानगरपालिका ४ स्थित नेपाल बैंक अगाडि कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको ना ४ ख ४१८६ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा रौतहटको बृद्धावन नगरपालिका ३ विश्रामपुर निवासी ४० वर्षीया बबिता ठाकुर रहेकी छन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी बबिताको बाराकै परवानीपुरस्थित एलएस अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा बबिताकी छोरी ११ वर्षीया मोनी ठाकुर घाइते भएकी छन्। उनको एलएस अस्पतालमै उपचार भइरहेको छ। 

दुर्घटनापछि ट्यांकर चालक फरार भएका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी आदर्शकोतवाल गाउँपालिका ६ लौकाहामा भारतीय नम्बर प्लेटको बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३ ००१ च ६७८८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतको बिहारका २५ वर्षीय आदित्यकुमार पाठक छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डक अस्पताल वीरगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकको पछाडि सवार रौतहटको गौर नगरपालिका १ निवासी २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन्। उनको गण्डक अस्पतालमै उपचार भइरहेको छ। 

मोटरसाइकलाई ठक्कर दिएर फरार भएको भ्यान र त्यसका चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका १ निवासी २२ वर्षीय दिलिप माझीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad