समाज


सर्लाहीमा स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

सर्लाहीमा स्कार्पिओको ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

नेपालखबर
माघ ७, २०८१ सोमबार १३:६, सर्लाही

सर्लाहीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। 

गोडैता नगरपालिका-४ रोहुवामा बीआर ०५ एच ५७४८ नम्बरको स्कार्पिओले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा बीआर ३० एए ४७०२ नम्बरको मोटरसाइकलको पछाडि सवार गोडैता नगरपालिका ९ का ४५ वर्षीय देव नारायण पण्डित छन्।

आइतबार साँझ स्कार्पिओले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई थप उपचारको लागि राति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि स्कार्पिओ चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad