आईसीसी यू-१९ टी २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ।
१० ओभर सकिदासम्म नेपालले ३ विकेट गुमाएर ४३ रन जोड्न सफल भएको छ। नेपालकी साना प्रविन १ रन, सावित्री धामी १० रन र ज्योत्स्निका मरासिनी ४ रन बनाएर बाहिरिए।
विश्वकपमा डेब्यू गरेको नेपाल गएको शनिबार भएको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो।
प्रतियोगिताको समूह ‘डी’मा रहेको नेपाललाई सुपर६ मा पुग्न कम्ति एउटा खेल जित्नुपर्छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्।
Shares

प्रतिक्रिया