समाज


धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १२:२४, काठमाडौँ

धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित सडकमा ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई बा १३ च ९२९२ नम्बरको कारले शुक्रबार बिहान ठक्कर दिएको हो। 

प्रहरीका अनुसार कारको ठक्करबाट मोटरसाइकल चालक मिथिला नगरपालिका २ राघोपुरका २५ वर्षीय नागेन्द्र मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad