राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कार्यवाहक प्रवक्तामाथि अर्को कार्यवाहक प्रवक्ता तोकिएका छन्।
कार्यवाहक प्रवक्ता मनिष झा निजी काममा व्यस्त हुने भएपछि पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई कार्यवाहक प्रवक्ता तोकिएको हो।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले २७ दिनको लागि रावललाई कार्यवाहक प्रवक्ता तोकेका हुन्।
यही माघ ३ गतदेखि ३० गतेसम्म कार्यवाहक प्रवक्ता झा निजी काममा व्यस्त हुने भएपछि रावललाई अर्को कार्यवाहक प्रवक्ता तोकिएको हो।
रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महासचिव छन्। रास्वपामा सभापतिदेखि प्रवक्तासम्म कार्यवाहक छन्।
969
Shares

प्रतिक्रिया