रौतहटमा चार वर्षअघि २५ वर्षीया महिला र उनका दुई वर्षीय छोराको हत्या गरी फरार भएका एक अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटकै दुर्गा भगवती गाविस- ४ छतौना टोल बस्ने ४० वर्षीय मोहमद जनिफ रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिप्रका रौतहटका डीएसपी दीपक कुमार रायले दिएको जानकारीअनुसार जनिफले २०७७ साल चैत १२ गते दुर्गा भगवती गाउँपालिका- ४ छतौना निवासी समरुदिन मियाँ कवारीकी श्रीमती २५ वर्षीया हुन्सेयारा खातुन र उनका दुई वर्षीय छोराा रेहानको हत्या गरेका थिए।
रौतहटकै यमनुमाई गाउँपालिका- ५ झुनखुन्वा टोल नजिकै चौरमा लगेर उनीहरुको हत्यापछि हुस्नेयारालाई भुसको आगोमा जलाएका र उनका छोरालाई नजिकै फालेको अवस्थामा शव फेला परेको थियो।
हत्यापछि फरार भएका जनिफलाई यही मंसिर १० गते दुर्गा भगवतीकै पिपरा बजारबाट पक्राउ गरिएको डीएसपी यादवले बताए।
उनलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यो घटनामा संलग्न अन्यको पनि खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया