समाज


बर्दिवासमा टिपरले ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा १ को मृत्यु, ३ घाइते

बर्दिवासमा टिपरले ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा १ को मृत्यु, ३ घाइते

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार ८:४३, महाेत्तरी

महोत्तरीको बर्दिवासमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाएको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका प्रहरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिवास- ५ स्थित टुटेश्वर जंगलमा माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना. ४ त ६८२३ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ गइरहेको ना. ८ ख ३१६ नम्बरको टिप्परले ठक्कर दिँदा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुर्घटनामा सर्लाहीको ईश्वरपुर–१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। 

उक्त दुर्घटनामा महोत्तरीको बर्दीबास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाहीकाृ ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएका छन्। 

घाइते सबैको बर्दिवासस्थि शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। ट्रेलरमा मान्छे बोकेर महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै
गरेको ट्याक्टरलाई टिपरले पछाडिबाट ठक्कर दिएको हो। 

दुर्घटनापछि चितवन रत्ननगर–११ का ३९ वर्षीय टिपर चालक जितबहादुर लोप्चन र ट्याक्टर चालक सर्लाहीको ईश्वरपुर–१२ का १९ वर्षीय शीतल गौतमलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad