गायक रामेश श्रेष्ठलाई भक्तपरमा नगद पुरस्कारसहित सम्मान गरिएको छ।
सूर्यविनायकस्थित केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १२औँ वार्षिक साधारणसभामा गायक श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरेको हो। उनलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवाँले सम्मान गरे।
गायक श्रेष्ठले ५४ जिल्लामा सामाजवादी प्रचार अभियान सञ्चालान गरेको उल्लेख गर्दै कवाँले युवालाई देश र जनता जिम्मेवार हुन प्रेरित गर्ने गीत सङ्गीतमा लगाउन आवश्यक भएकोमा जोड दिए। देशमा रोजगारी सृजना गरेर युवाका लागि देशमै सेवा गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई थियो।
गायक श्रेष्ठले गाएका ‘रक्तक्रान्तिको ज्वालामुखीमा, एक जुगमा एक दिन, गाउँ गाउँबाट उठ, आउँ मिलाउँ हाम्रा हातहरु, गाई त बाँध्यौ ढुङ्ग्रोमा मोही छैन, कोही त भने जाहजमा हरर’ लगायतका गीत श्रोतामाझ अत्यधिक लोकप्रिय छन्। रासस
Shares

प्रतिक्रिया