समाज


सप्तरीमा बस पल्टिँदा २१ वर्षीया युवतीको मृत्यु, २६ जना घाइते

घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनालाई विराटनगर लगियो
सप्तरीमा बस पल्टिँदा २१ वर्षीया युवतीको मृत्यु, २६ जना घाइते

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८१ आइतबार ९:४७, सप्तरी

सप्तरीको कञ्चनरुप नगरपालिको बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। 

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ। 

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ। दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad