महोत्तरीको बर्दिबास जंगलमा बुधबार मृत अवस्थामा फेला परेकी युवतीको अझै सनाखत हुन सकेको छैन।
बर्दिबास नगरपालिका ५ टुटेश्वर मन्दिर नजिर्कको जंगलमा बुधबार अन्दाजी २१ वर्षीया युवतीको शव फेला परेको थियो।
‘उक्त शवको अझै सनाखत हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जयसवालले नेपालखबरसँग भने, ‘युवतीलाई कसैले अन्यत्रबाट यहाँ ल्याएर हत्या गरेका आशंका हामीले गरेका छौँ।’
युवतीको सनाखतको प्रयास भइरहेको उनले बताए। युवतीको शव शवपोष्टमार्टमका लागि बर्दिबासको सरकारी अस्पतालमा राखिएको छ।
कालो भेस्ट र निलो जिन्स पाइन्ट लगाएकी युवती मधेसी मूलकी जस्ती देखिन्छन्। उनको घाँटी दबाएर हत्या गरेको आशंका प्रहरीले गरेको छ। बलात्कार भए नभएको अहिले नै भन्न सक्ने अवस्था नरहेको डीएसपी जैसवालले बताए।
Shares

प्रतिक्रिया