मिल्टन आँधीका कारण अमेरिकाको फ्लोरिडाको स्थिति नाजुक बनेको छ।
अधिकारीहरूले यो आँधी घातक साबित हुनसक्ने र तीव्र हावाले अचानक बाढी पनि निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो।
बीबीसीका अनुसार आँधीका कारण १६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। फ्लोरिडाका २० लाखभन्दा बढी घर र पसल विद्युतविहीन भएका छन्।
आँधीले तटीय क्षेत्रमा पुग्नुअघि नै करिब १२५ घरमा क्षति पुगेको थियो। तर तीमध्ये अधिकांश अस्थायी घर थिए।
केही तस्बिर-



435
Shares

प्रतिक्रिया