ad ad

समाज


धनुषामा हिजोदेखि बेपत्ता किशोरीको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटियो

धनुषामा हिजोदेखि बेपत्ता किशोरीको शव पोखरीमा तैरिरहेको अवस्थामा भेटियो

फाइल तस्बिर


नेपालखबर
असोज ९, २०८१ बुधबार १२:५७, जनकपुरधान

धनुषामा एक किशोरीको शव पोखरीमा फेला परेको छ।

धनुषाधाम नगरपालिका- ३ का बिमाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिकाको शव बुधबार बिहान घर नजिकैको पोखरीमा फेला परेको हो। 

उनी नुहाउने क्रममा मंगलबार दिउँसोदेखि बेपत्ता भएको अभिभावकले बताएका छन्। उनलाई मंगलबार साँझसम्म पनि फेला पार्न नसएिको आफन्तको भनाई छ। 

आज बिहान चन्द्रिकाको शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .