ad ad

ग्लोबल


अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको चीनको दाबी

अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको चीनको दाबी

पेन्टागनको मूल्यांकअनुसार चीनसँग ५०० आणविक वारहेड छन्।


नेपालखबर
असोज ९, २०८१ बुधबार १३:२१, काठमाडौँ

चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ। यसमा डमी वारहेड प्रयोग गरिएको थियो।

चीनले यसलाई नियमित परीक्षण भनेको छ। 

तर विश्लेषकहरूले भने यो भनाइ अचम्मको भएको टिप्पणी गर्दै चीनले अन्तिमपटक सन् १९८० को दशकमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको बताएका छन्। 

चीनले यो आफ्नो सेनाको दिनचर्या र वार्षिक तालिमको हिस्सा भएको बताएको छ।

चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणबारे वरपरका देशलाई पहिल्यै जानकारी गराएको बताएको छ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .