ad ad

समाज


सिराहामा तीव्र गतिको ट्रकले ठक्कर दिँदा ३० वर्षीय युवक र १३ वर्षका बालकको मृत्यु

सिराहामा तीव्र गतिको ट्रकले ठक्कर दिँदा ३० वर्षीय युवक र १३ वर्षका बालकको मृत्यु

नेपालखबर
असार २, २०८१ आइतबार १४:९, सिराहा

सिराहामा ट्रक मोटरसाइकललाई ठक्कर दिँदा एक युवक र एक बालकको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्गमा पर्ने धनगढी नगरपालिका-८ कसाह चोकमा प्रदेश २-०३-००१ ख ३७८५ नम्बरको ट्रकले स.५ प १९९० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ  ३० वर्षीय राजेश्वर यादव र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने श्याम सुन्दर यादवका छोरा १३ वर्षीय लालबाबु यादव रहेका छन्।

तीव्र गतिमा रहेको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राजेश्वरको घटनास्थलमै र लालबाबुको आरके मेडिसिटी धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .