ad ad

राजनीति


संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे

संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे

नेपालखबर
असार २, २०८१ आइतबार १४:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन्।

आइतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

‘संघीयता कार्यान्वनयको लागि समन्वय, सहजीकरण र सहयोग गरौँ। हाम्रो अहिले वास्तवमा संघीयता कार्यान्वयनमा ठिक ढंगले हाम्रो समन्वय भइरहेको छैन। संघीयस्तर कार्यालय समन्वय नगरिरहेको अवाज आइरहेको छ। म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने।

संघीयस्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गर्दै उनले तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे। 

उनले कर्मचारीहरूको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गर्न आग्रह गरे।

‘तीन करोड भन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि जसरी सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको थियो यहाँ बहस पनि उठेको छ। त्यो भन्दा मुनिका जति पनि योजनाहरू यहाँ कितावमा छन्। ती सबै प्रदेश र स्थानीय तहलाई कार्यान्वयनका लागि दिऔँ,’ उनले भने, ‘यही नै सबैभन्दा राम्रो उपाय हुन्छ। बरु संघले अनुगमन र मूल्यांकन गरौँ। कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गरौँ। तिनलाई कार्यान्वयनका लागि दृढ बनौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .