सर्लाहीको बागमतीमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ। दुर्घटना मोटरसाइकल चालक युवक पनि घाइते भएका छन्।
पूूर्वपश्चिम राजमार्गमै पर्ने बागमती नगरपालिका- १ मिलनचोकमा बा ९१ प ९३६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बाराको कोल्हबी नगरपालिका- १ का ६५ वर्षीय निलबहादुर प्रसाइँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बाराको एलएस न्युरो अस्पतालमा आज बिहान मृत्यु भएको हो।
दुर्घटनामा निलबहादुरका छोरा मोटरसाइक चालक ३६ वर्षीय राजु प्रसाईं पनि घाइते भएका छन्। उनको एलएस अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी मंगलबार राति पूर्वपश्चिम राजमार्गमै पर्ने सर्लाहीको हरिवन नगरपालिका - १० सुखेपोखरीमा ना ६ ख ४९८९ नम्बरको ट्रकले ना ६४ प ६०२५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका- २ डुमरीटोल बस्ने राहहरी चालिसेका छोरा २० वर्षीय दीपशरण चालिसे रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि ट्रक चालक सर्लाहीको ईश्वरपुर नगरपालिका - १३ श्रीपुर बस्ने २६ वर्षीय सोलिन्द्र कुमार कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया