चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले राजधानी काठमाडौँमा र्याली निकालेको छ।
सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभूमि हुनबाट जोगाउन चुरो दोहनलाई तत्काल रोक्न माग गर्दै आएको छ। सोही समूहले शनिबार र्याली निकालेको हो।
तराई(मधेसको मुख्य पानीको स्रोतका रूपमा रहेको चुरेबाट रोडा, ढुङ्गा र गिट्टी निकाल्ने नाममा भइरहेको दोहनका कारण तराई मरुभूमिमा परिणत हुने सम्भावना बढेकाले त्यस क्षेत्रका किसान टोली राज्यलाई दबाब दिन पदयात्रा गर्दै केही दिनअघि काठमाडौँ आइपुगका थिए।
उनीहरुले चुरे वन जंगल संरक्षण–संवर्द्धन, दलित भूमिहीन तथा सुकुम्बासीको भूमि अधिकारको माग तथा चुरेको अवैध उत्खनन, सिर्सियालगायका नदी प्रदूषण एवं अतिक्रमण रोक्न दबाब सिर्जना गर्ने हेतुले सप्तरीको भारदहबाट बाराको पतथलैया हुँदै काठमाडौँसम्मको पदयात्रा गरेका थिए।
पदयात्राका टोलीका राष्ट्रिय संयोजक सुनिल यादवले १० दिनदेखि माइतीघर मण्डलामा चुरे संरक्षणका मुद्दा लिएर धर्नामा बस्दासमेत सरकारले बेवास्ता गरेको गुनासो गरे। रासस
Shares

प्रतिक्रिया